मैवाखोला गाउँपालिका (वडा नं. ०४) प्रदेश नं. १, नेपाल
समाजिक सञ्जालकाे लिंक:

मैवाखोला गाउँपालिका वडा नं. ४ को संक्षिप्‍त परिचय 


हिमाली जिल्लाको सुन्दरता तथा पर्यटन प्रवर्द्धनमा प्रचुरताको प्रतिकको रुपमा स्थापित ताप्लेजुङ जिल्लाको दक्षिण पशि्चम क्षेत्रमा अवस्थित यस मैवाखोला गाउँपालिकाको वडा नं. ४ साविकको साँघु गा.वि.स.को वडा नं. ७ ,८ र ९ गरी  ३ वटा वडाको क्षेत्र समेटिएको छ । यसको अवस्थिति पुर्वमा  वडा नं. ३, पशि्चम वडा नं.६, संखुवासभा जिल्ला चैनपुर नगरपालिका उत्तरमा वडा नं. ५ तथा दक्षिणी भागमा संखुवासभा चैनपुर नपा तथा तेह्रथुम मेन्छ्यायेम गाउँपालिकाको केही भागको विचमा अवस्थित छ । यस वडा नं. ४ को क्षेत्रफल २५ वर्ग कि. मी. घरधुरी संख्या ३५५ जना, जसमा जनसंख्या १४०५ मध्ये  पुरुष ७४८ र महिलाको जनसंख्या ६५७ रहेको छ ।
यस वडामा ६ वटा टोल विकास संस्थाहरु रहेका छन जसमा रमाइलो संयुक्त टोल विकास संस्था,खाम्सादेन मगर टोल तेर्सो लाईन टोल विकास संस्था ,सौरेनी भालुखोप गैरे टोल विकास संस्था, रिफाईले मिलन चोक टोल विकास संस्था र कागते वाङ्गेलाम टोल विकास संस्था रहेका छन ।  जातीय रुपमा शेर्पा ,लिम्बु, तामाङ, मगर  ,क्षेत्री ,ब्राह्रण जातीको बसोवास रहेको छ ,आफ्नै जातीय पहिरन तथा पर्वमेला अनुसार सुसजित रहने यहाँको मौलिक प्रचलन छ स्थानीय नाँचको रुपमा स्याब्रु,डम्फू, च्याब्रुङ, धाननाँच ,मारुनी ,पालम  आदि छन । यस वडामा रहेका ४ वटा शैक्षिक संस्था मध्ये  २ वटा बालविकास देखि कक्षा तीन सम्म संञ्चालित छ , १ विद्यालयमा वालविकास देखि कक्षा ५ सम्म अध्ययन अध्यापन भइरहेको  छ, त्यसैगरी १ विद्यालयमा वालविकास देखि कक्षा ८ सम्मको अध्ययन अध्यापन भइरहेको छ । स्वास्थ्य संस्था निर्माणाधिन अवस्थामा रहेको छ , खोप केन्द्र तथा गाउँघर क्लिनिक १/१ वटा रहेका छन । मुख्य बजारको रुपमा वडा नं. ३ स्थित साँघु बजार जुन १५/१५ दिनमा हाट (हटीया) बजार पनि लाग्ने गरेको छ। उक्त  हटियामा स्थानीय अर्गानिक उत्पादित वस्तुहरूको खरिद  विक्री  गरिन्छ। यस वडाको मुख्य पर्यटकीय/ प्राकृतिक  स्थलको रुपमा चादनी झरना, झाँगारिम्बु, कर्माछोलिङ गुम्बा, गुराँस पार्क, झ्याउ पोखरी ,पैरे पोखरी, रमिते काल पोखरी रहेका छन । प्राकृतिक स्रोतको रुपमा नेरुवा खोला, तथा लोदुम्बा खोला रहेका छन । यस वडामा सबै कच्ची सडक रहेका छन् ।  बाह्रै महिना  सडकहरू सञ्चालन गर्न गाउँपालिकाले स्तरोन्नतीको कार्य निरन्तर गरिरहेको छ ।  प्रसिद्ध पर्यटकीय क्षेत्र गुराँसको राजधानीको रुपमा परिचित तिन्जुरे मिल्के क्षेत्र पनि यहि वडामा पर्दछ। सुरक्षा एकाइको रुपमा यस वडालाई गाउँपालिका केन्द्र ( वडा नं. ३) मा रहेको साँघु प्रहरी चौकीले सेवा दिइरहेको छ । यस वडामा सामाजिक संघ संस्थाहरुको रुपमा स्थानीय समुदायमा आधारित वचत परिचालन गर्ने  महिला समुहहरु रहेका छन्। 
यस वडालाई कृषि र  पशुपालनलाई व्यवसायीकरण गर्न सकिने प्रसस्त संम्भावना रहेको छ।