DIGITAL
WARD
PROFILE
Ward Chairperson
Giriraj Basnet
Shantinagar Gaupalika
Ward No.: 05
शुभकामना
सर्ब प्रथम शान्तिनगर गाउँपालिका वडा ५ का वडाबासीहरुको सुख संमृद्धिका साथै उत्तर उत्तर प्रगतिको कामना गर्दछौ । वडाबासीको अपेक्षा र जनप्रतिनिधिहरुको दायित्वलाई सन्तुलित ढङ्गले ब्यबस्थापन गर्न सजिलो होस भनेर थोरै छलफल बहस गर्न साथै समाधानको बाटो खोज्ने प्रयास पनि गरिनेछ । आफ्ना मुखरित भएका समस्याहरु समाधानका खातिर नेपाली जनताले लामो समयदेखि बस्ती बस्तीबाट आवाज उठाएका छन । बलिदानी गरेका छन । आबस्यताले जीवन उत्सर्ग गर्न पनि पछि परेका छैनन् । राणा काल देखि शाह बंशीय निरंकुस एकतन्त्रिय शासनका बिरुद्ध त्यस पछिका समयमा शामन्ती प्रथाका बिरुद्ध र दलाल नोकरशाही पुँजीबादसँग लड्दै गर्दा नेपाली जनताले गोप्य मतदान द्धारा आफ्ना जनप्रतिनिधि चुन्न बीसौं बर्ष कुर्बानी गरेका थिए । प्रजातन्त्र लोकतन्त्र प्राप्ती गर्दै यति बेला संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापित भए सँगै जनताले आफ्ना प्रतिनिधि चुनेर जनप्रतिनिधि मुलक तीन तहको सरकार स्थापीत गरेका छन । अब बिकास र समृद्धि देशको मुल मुद्धा बनेको छ । देशको शासन प्रणाली भौगोलिक तथा प्रशासनिक संरचना परिबर्तन भएको छ । संबृद्धि र बिकास ल्याउन शक्तिशाली स्थानिय सरकार जनताले आफ्नै घर आँगनमा पाएका छन । पीडायुक्त ईतिहास बिर्सदै आफ्नो जीवनमा परिबर्तन देख्न आतुर स्थानिय बासीहरु स्थानिय सरकारकै भरोसामा छन । बीसौ बर्ष देखि अबरुद्ध बिकास प्रकृया जनप्रतिनिधिहरुले कुन शिराबाट सुरु गर्ने भन्ने भेउ पाउन सकिरहेको स्थिति छैन । जनता भने बीसौं बर्ष चाँङ् लागेको अनेकौ समस्याको तत्काल समाधान खोजिरहेका छन । जनताको तिब्र बिकासको मनोकांक्षा र जनप्रतिनिधिहरुको अलमलको धमिलो दृष्टीको बिचमा यो पाश्र्वचित्र संयमित र स्पष्ट गनतब्य दिशाबोध गर्न कोषेढुङ्गा साबित हुन सक्दछ ।
दीर्घकालिन बिकास योजनाको खाका बिना संघियता र लोकतन्त्र बलियो हुन सक्दैन । दीर्घकालिन बिकास योजना बनाउन सही तथ्य तथ्याङ्कको साथ साथ निश्चित भूगोल भित्र भएका बिकास र बिभिन्न समस्या पहिचानका सुचकहरु सतहमा उजागर हुन आवस्यक छ । जसको परिधिमा टेकेर स्मार्ट योजना बनाउन मद्दत पुग्दछ । यहि उद्देश्य पुरा गर्न फाईन्ड अल नेपालसँगको सहकार्यमा शान्तिनगर गाउँपालिका वडा ०५ मा वडा स्तरिय पाश्र्वचित्र तयार पारिएको छ । यो वडा स्तरिय पाश्र्वचित्र त्यस वडाको ऐना हो । छायाँ चित्र हो । यसले भुगोलको संरक्षण वातावरणीय संन्तुलन, भौतिक बिकासका साथै मानव बिकास र समग्र अवस्था बारे अध्ययन गर्ने श्रोतको रुपमा काम गर्ने छ ।
शान्तिनगर गाउँपालिका वडा ०५ केन्द्रभाग देखि ४ कि.मि टाढा रहेको छ । दुरीका हिसाबले धेरै टाढा नरहेको यो वडा सवाङ्र्गिन बिकासका हिसावले पनि त्यति पछाडी परेको देखिदैन । भौतिक पूर्वाधार, यातायात, शिक्षा तथा स्वास्थ्य विकासशील अबस्थामा रहेका छन । अनुमानको भरमा बिकास योजना अगाडी बढाउने हो भने जनताको आकांक्षा सम्बोधन नहुन सक्दछ । वास्तबिक बस्तुगत बिवरणले भौतिक बिकासका साथै मानव बिकासको अवस्था कति गहिराईमा छ भनेर जाँच्ने ल्यावको काम गर्नेछ । पाश्र्वचित्रको सहायताबाट बन्ने योजना र बिकास प्रकृयाले गुणात्मक गति लिएको परिस्थितिमा तुलनात्मक रुपमा शहर र गाउँबस्तीको बिकासको बिचमा ठूलै भंङ्गालो देखिने छैन । शहर र गाउँबस्तीमा बस्ने बासिन्दाको बिच एकापसमा सद्भाव र सहयोगको भावना स्थापित हुनेछ साथै शान्तिनगर गाउँपालिका वडा ०५ मा संमृद्धि र बिकासलाई सन्तुलित ढंङ्गले अगाडी बढाउन सकिन्छ भन्ने अपेक्षा गर्न सकिन्छ । यति गहन अनुसन्धानात्मक कार्यमा आफ्नो बहुमुल्य समय दियर समय खर्चनुभयका बिज्ञ समूहका साथै सहि सूचना दियर प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सबै वडाबासीलाई फाईन्ड अल नेपाल प्रा.लि र यस वडाको तर्फबाट धन्यवाद दिदै शुभकामना दिन चाहन्छौ । धन्यबाद !!
प्रकाशकिय
शान्तिनगर गाउँपालिका वडा ०५ सबै क्षेत्रबाट विकासशील अबस्थामा रहेको यस शान्तिनगर गाउँपालिका वडा ०५ का अन्तर्गत यस वडाको भौगोलिक अवस्था भौतिक पूर्वाधारको अवस्था जनसंख्या बिवरण, मानव अधिकारको अवस्था हिंसाका घटना बिवरण, बाल बिवाहको अवस्था, सामाजिक रहनसहन आर्थिक अवस्था, शिक्षा तथा स्वास्थ्यको अवस्था, उद्योग ब्यापार ब्यबसायको अवस्था, भाषिक धार्मिक तथा साँस्कृतिक अवस्था र सुचना प्रबिधिको अवस्था लगायत जनजीवीकासँग सरोकार राख्ने तमाम बिषयमा खोज अनुसन्धान गरि तयार गरियको बस्तुगत बिवरणले जोकाही सरोकारवालाहरुको लागि अध्ययन अनुसन्धान गर्न उपयोगि साबित हुने अपेक्षा गरिएको छ । बिभिन्न क्षेत्रगत र बिषयगत योजनाहरु अलग अलग मिहिन तरिकाले अध्ययन बिष्लेशन गर्न आवस्यक हुन्छ । वडाका सम्पूर्ण समस्याहरु वडा स्तरबाट मात्र समाधान गर्न सम्भव हुदैन । तहगत रुपमा स्थानिय सरकार प्रदेश सरकार र केन्द्र सरकारका बिभाग र मन्त्रालयहरुमा पठाउनु पर्ने हुदा बस्तुगत बिवरणले ठुलो महत्व राख्दछ । पाश्र्वचित्रमा ईङ्गित सुचकहरुको सहायताले तहगत सरकारले गर्न सक्ने बिकास योजनाहरु निर्माण गर्न सकिन्छ ।
यस बस्तुगत बिवरण तयार गर्दा तथ्याङ्क संकलन, तथ्याङ्क प्रशोधन, तथ्याङ्क बिश्लेशण, डाटा ईन्ट्री, श्रोत नक्सा निर्माण, तथ्याङ्क ब्यबस्थापन लगायतका कार्य सम्पन्न गर्न फाईन्ड अल नेपाल प्रा.लि.का बरिष्ठ कम्प्युटर ईन्जिनियर श्री अनुज राई, महेन्द्र न्यौपाने र बिकास बस्नेत साथै म्यानेजिङ डिरेक्टर बिहारी चौधरी लगायतका अन्य धेरै कर्मचारीहरुको प्रत्यक्ष्य सम्लग्नता रह्यो । वडाध्यक्ष खुशी राम चौधरी ज्यु तथा वडाका जनप्रतिनिधि ज्यूहरु, यस बिषयसँग सरोकार राख्ने सरोकारवालाका साथै सम्बन्धित वडाबासीहरु को प्रत्यक्ष अप्रत्यक्ष सहयोग तथा सबैको अमूल्य सुझाव र प्रयासबाट यो बस्तुगत बिवरण तयार गरिएको छ । यस कार्यकालागि सही सुचना दिने घरमुलीहरुको ठुलो योगदान रहेको छ ।
यस बस्तुगत बिवरण भित्र रहेका तथ्याङ्कहरु बस्तुगत र यथार्थ परक छन । सम्बन्धित घरधुरी र क्षेत्रमा गई आपसी छलफल संबाद गरी बस्तुगत आधारमा तथ्याङ्क संकलन गर्ने कार्य गरिएको छ । यो पाश्र्वचित्रले सम्बधित वडाको धेरै भन्दा धेरै बिषय बस्तुलाई उठान गरेको छ । यसले दीर्घकालिन तथा प्रभावकारी योजना बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । सही सुचना र तथ्य तथ्याङ्कको अभावमा काल्पनिक योजनाले स्रोतको सही सदुपयोग हुनुको अलावा दुरुपयोग मात्र भैरहेका हुन्छन । जस्ले गर्दा समुदायमा शान्ति र सदभाव बढनुको साटो अशान्ति र बैमनश्यता बढदै जान्छ । समाज बिग्रहको बाटोमा उन्मुख हुन्छ । आपसी बेमेलले समाजमा सम्पूर्ण बिकास प्रकृया प्रभाबित हुन्छ । त्यसैले वास्तबिक समस्या पहिचान गरी सदियौं देखि जरा गाडेर रहेको सबैको साझा समस्या गरिबी हो भन्ने बोध सबैमा महशुसीकरण भएमात्र गरिबीलाई जरै देखि उन्मुलन गर्नकालागि बैज्ञानिक तथा वास्तबिक बिकास योजना बनाउन सकिन्छ । गरिबी गरिबहरुको मात्र समस्यना होईन । गरिब हुनु कसैको दोष हुदैन । यो त समग्र शासन प्रणालीका कमजोरी हो । यसैले ब्यक्ति र प्रणालीलाई सही मार्गमा ल्याउँनका लागि पाश्र्वचित्रले मियोको काम गर्ने छ । यो पाश्र्वचित्रले वडाबासीहरुलाई बिकसित र संमृद्ध तुल्याउन मात्र नभएर सभ्य सुसँस्कृत नागरिक उत्पादन गर्न पनि सहयोग पुग्नेछ भन्ने अपेक्षा सहित सम्पूर्ण वडाबासीहरुको उज्वल भबिष्यको कामना गर्दछौ । धन्यबाद दिन चाहन्छौं । यसमा शुद्धाशुद्धी केही कमि हुन सक्छ, केही सुचना छुट्न गएका हुनसक्छन यस प्रति हामी क्षमा प्रार्थी छौं । आगामी दिनमा सरोकारवालाहरुको बहुमूल्य सल्लाह सुझावको कदर गर्दै सहयोगि भावनाको सम्मान गछौं । सबै प्रति आभार ब्यक्त गर्दछौं ।
वडामा कार्यरत जनप्रतिनिधि तथा कर्मचारीको विवरण
क्र.स | नाम | पद | सम्पर्क नं |
1 | गिरिराज बस्नेत | वडा अध्यक्ष | ९८०९८३४०७५ |
2 | लक्षमन प्यारी | गा.पा. सदस्य | ९८१०९७३२८० |
3 | दया राम चौधरी | वडा सदस्य | ९८०६२२२३४३ |
4 | डिल्लि बहादुर खडका | वडा सदस्य | ९८०९७७७७०० |
5 | मैमी वि.क. | वडा सदस्य | ९८२२९८५६४४ |
6 | रोमहर्ष के.सी | सचिब | ९८४४९००८६४ |
7 | संजिता पौडेल | सव-इन्जिनियरिङ् | ९८४०७०८२०९ |
8 | रविन पुन | कार्यालय सहायक | ९८४४९३७५०१ |
9 | विना वि.क. | कार्यालय सहयोगी | ९८२२८१६२६४ |
परिचय
शान्तिनगर गाउँपालिका वडा ०५ गाउँपालिका कार्यालय देखि करिव ४ कि.मि दुरीमा पर्दछ। संघिय नेपालको नयाँ संबिधान २०७२ ले ब्यबस्था गरेअनुरुप नयाँ संरचनाको रूपमा मिति २०७३/१/२२ गतेको नेपाल सरकारको निर्णय र मिति २०७३/११/२७ मा राजपत्रको सूचना प्रकाशन गरी शान्तिनगर गाउँपालिका वडा ०५ को स्थापना भएपछि दाङ्ग जिल्ला, धनौरा गाविसको ०६,०८ र ०९ वडालाई गाभेर शान्तिनगर गाउँपालिका वडा ०५ बनाईएको हो । बिभिन्न ऐतिहासिक, पर्यटकीय स्थलहरुले भरिएका यहाँका बस्तीहरु रमणिय छन । यहाँ क्षेत्री, ब्राह्मण, जनजाती लगायत दलित समुदायको पनि बसोबास रहेको छ ।
धार्मिक/ साँस्कृतिक/ भाषिक तथा आर्थिक अवस्था
यहाँका मानिसहरु अधिकांसले हिन्दु धर्म मान्ने गर्दछन । क्रिश्चियन धर्म मान्ने समुदाय पनि छ । छिटफुट रुपमा मुस्लिम बौद्ध धर्मावलम्वीहरु पनि छन । स्थानिय लोक साहित्यका हिसावले थारु समुदाय संमृद्ध छ । यहाँको स्थानिय रुपमा बोलिने नेपाली र थारु भाषा हो । यस वडामा शुद्ध रुपमा थारु भाषा बोल्ने गरिन्छ । नेपाली भाषा बोल्नेको संख्या उलेखनीय रहेको छ, भने हिन्दि, मगर तथा अन्ने भाषा बोल्ने मानिसको पनि बसोबास रहेको छ । ऋतु र मौसम अनुसारको बिभिन्न भाकामा गीत तथा नृत्यहरु थारु समुदायमा मात्र बचेको छ । पिडायुक्त बिचलित मनमा आर्थिक संमृद्धिको सपना बुन्दैजाँदा बिभिन्न ब्यक्तिहरुको सकारात्मक नकारात्मक प्रभावहरु एक अर्कोमा पर्दछ । दिन प्रतिदिन महङ्गी बढ्दै छ । ब्यक्तिको आय स्रोत क्रयशक्ति घट्दैछ तर उच्च महहत्वाकांक्षी ईच्छा देखासिखी पहिरन खानपान रहनसहन बसाई आवास जस्ता आशक्तिपूर्ण उपभोक्ताबादी सँस्कार र धेरै कमाउने चहाना पैसाचिकरण चिन्तन बढ्दै गएको छ । शहरी जीवन शैली गाउँमा पनि बिस्तार भएको छ । परिणामः नेपालीको आफ्नो वास्तबिक रीतिरिवाज आत्मिय सदभाव लोक साहित्य दर्शन कला सँस्कृति श्रम सँस्कार सबै हराउदै गएको छ । बेलैमा ब्यक्तिको आय स्तर बृद्धिका योजना बनाउन नसक्ने हो र मानिसहरुको आदत कुलततिर उन्मुख हुदै जाने हो भने भोलीको समाज बिकराल स्थितिमा भासिने संभावना देखिन्छ ।
शिक्षा तथा स्वास्थ्य
बिकास, समृद्धि र सामाजिक भलाईका सम्पूर्ण प्रयत्नहरुको जग नै सार्बजनिक शिक्षा भएकोले शिक्षा संसारमा सर्बश्रेष्ठ बस्तु हो । मावब जीवनको रुपान्तरण र त्यसबाट ज्ञान सुख र शान्ति प्राप्त गर्न उसको नैतिक र मानसिक बिकास हुनु अति जरुरी हुन्छ । जरैदेखि आमूल परिबर्तन गराउने र मानसिक दासत्वबाट मुक्ति दिलाउने प्रमुख कडी पनि शिक्षा हो । शिक्षा मानिसले नि:शुल्क रुपमा ग्रहण गर्न पाउनु नैसर्गिक मानव अधिकार हो । समानताको बिशाल मुहान हो शिक्षा । नेपालको संबिधान २०७२ ले आधारभूत तहको शिक्षा निशुल्क र अनिबार्य भनेको छ भने शिक्षा नागरिकको मौलिक हकको रुपमा स्थापित गरेको छ, भन्दै गर्दा सरकारी बिद्यालयको शैक्षिक स्तर र शिक्षामा आर्थिक लगानी बर्ष पिछे घट्दै गएको आँकडा सरकारी तथ्याङ्कले देखाईरहेको छ । यो वडा शिक्षा र स्वास्थ्यका दृष्टिले बिकशित मानिन्छ। यहाँ सडकको पहुच र भौगोलिक सुगमताले शिक्षा र स्वास्थ्यको स्थर सन्तोषजनक रहेको छ । यस वडामा जम्मा ३ वटा बिद्यालय र १ स्वास्थ्य चौकी रहेका छन्। आर्थिक रुपले सम्पन्न र टाँठाबाँठा ब्यक्तिहरु निरन्तर शहरतिर पलायन हुने क्रम अहिले पनि जारी छ । सर्बसाधारणको आवाज बस्तिदेखि शहर केन्द्र सम्म सुनिदैन । त्यहाँको राजनीति, प्रभावकारी नेतृत्व साथै सुचना प्रबिधिको अभावमा सबैभन्दा महत्वपूर्ण शिक्षा तथा स्वास्थ्य जस्तो बिषय सधैभरी ओझेलमा परेको छ । प्रारम्भिक आँकडा अनुसार यस वडाका वडाबासीहरुले आफ्नो आम्दानीको अधिकांश रकम स्वास्थ्य उपचारमा खर्च गर्दा रहेछन।
सामाजिक तथा जनसंख्याको अवस्था
मानिसहरुको रहनरहन साधारणतया सामान्य रहेको छ । सामान्य जीवन यापन गर्दछन् । प्रायः सबै एकल परिवारमा बस्दछन । अधिकांस पुरुषहरु छिमेकी देश भारत तथा खाडी मुलुक बिदेश कमाउन जाने गर्दछन । जम्मा जनसंख्या मध्य गाउँमा बालबालिका र बुढाबुढीहरु बस्दछन । युवा शक्ति सबैजसो रोजगारको खोजिमा बिदेश पलायन छन । खेतिपाति बालबालिका बुढापाकाको पालनपोषण लगायत घर परिवार सबै महिलाहरुको जिम्मामा रहेको देखिन्छ । त्यस्तै गाउँघरको सार्बजनिक कामहरु, कुलापानी, बाँधपैन, बाटोघाटो निर्माण, स्वास्थ्य सँस्था, बिद्यालय ब्यबस्थापन जस्ता सम्पूर्ण क्षेत्रमा धेरै जसो महिलाहरुको सहभागिता देखिन थालेको छ । घर भित्र तथा घर बाहिर प्रायः सबै कामको जिम्मा महिलामाथि थोपरिएकोले अधिकांस क्षेत्रको बिकासका कामहरु प्रभाबित हुनेगरेका छन ।
दृयावलोकनका क्षेत्रहरु
यस वडामा हेर्न घुम्न लायक स्थानका रुपमा राधा कृष्ण मन्दिर रहेको छ। प्राकृतिक शौन्दर्यताले भरिपूर्ण सामुदायिक बन जङ्गल लगायत घुम्नकालागि अत्यन्त मनोरम दृश्यहरु प्रयाप्त छन । नजिकको बन जङ्गलमा मन्त्रमुग्ध भएर गाईरहने मौसमी पन्छीहरुको आवाजले भावनामा मन बहकाई दिन्छ । धेरै ठाउँबाट मानिसहरु दृश्यावलोकन गर्न साथै बिभिन्न ऋतुमा पाईने फलफुलको स्वाद लिन यो जंगलमा आउँने गर्दछन । यो वडा तालतलैया कृषि पर्यटनका दृष्टिले मत्स्यपालन डुँगा बिहार प्राकृतिक पिलर र जैविब बिबिधतायूक्त चेुरे पर्बतको अवलोकनका दृष्टिले समेत महत्वपूर्ण छ । अन्तमा यस वडाको उत्तर उत्तर प्रगति चाहने सम्पूर्ण क्षेत्रका दृश्यावलोकनका लागि आउने आन्तरिक तथा बाह्य आगन्तुक पाहुनाहरुलाई वडा कार्यालयको तर्फबाट वडाबासीहरुका तर्फबाट स्वागत गर्न चाहन्छौँ ।
धन्यबाद ।।